Skip to main content

Khabar Samachar

Search
Close this search box.

वीरगञ्जको मेयरमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

200
VIEWS

वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।

बुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको महानगर कमिटीक उपाध्यक्ष महेश दासले जानकारी दिए ।

बुधबारको बैठकमा महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।

मेयर सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने उनी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित