Khabar Samachar

वीरगञ्जको मेयरमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

200
VIEWS

वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।

बुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको महानगर कमिटीक उपाध्यक्ष महेश दासले जानकारी दिए ।

बुधबारको बैठकमा महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।

मेयर सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने उनी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित