Khabar Samachar

Search
Close this search box.

सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी पक्राउ

211
VIEWS

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार रहेका छन् । ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

 

उनीहरू तीनैजनामाथि अनुसन्धान अगाडि बढाइएको छ। उनीहरू संलग्न

यो सँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ३१ पुगेको छ। यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यही प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बालाई भने बिरामी परेका कारण हाजिरी जमानीमा छाडिएको छ।

अन्य ३० जना सीआईबीको हिरासतमै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित