Khabar Samachar

सीआईबीले गरायो पूर्वसभामुख कृष्णबहादुर महरालाई बयान कागज

212
VIEWS

विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई बयान कागज गराएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरासँग बयान कागज गराएको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । ब्यूरोले तस्कर समूहसँग सम्बन्ध देखिएको भन्दै १३ भदौमा महराका छोरा राहुललाई पक्राउ गरेको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।

गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन विक्री गरिएको बिक्री गरिएको खुलेको थियो ।प्रकरणमा अनुसन्धान गरेर सीआईबीले २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा अभियोग पत्र दायर गरेको थियो । त्यसमा कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम समेत उल्लेख भएपछि उनीहरुमाथि अनुसन्धान गर्न दबाब बढेको थियो ।

चौतर्फी दबाबपछि सीआईबीले राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित