Khabar Samachar

चीनले आफ्ना कतिपय आर्थिक नीतिमा पुनर्विचार गर्नुपर्छ – प्रधानमन्त्री पुष्पकमल दाहाल

204
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले आफ्ना कतिपय आर्थिक नीतिमा पुनर्विचार गर्नुपर्ने बताएका छन । नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए । यद्यपि वित्तीय लगानी नीतिमा मसिनो ढंगले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।‘बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठिलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल, द्रूततर विकास, गरीवी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआइ) बाट पूरा लाभान्वित हुन चाहेको बताए।

उनले हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको भन्दै परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति नरहेको पनि प्रष्ट पारे।

उनले आफ्नो चीन भ्रमणको क्रममा भएको सम्झौताले द्विपक्षिय सम्बन्ध थप मजबुत बन्ने भन्दै बीआरआइलाई थप प्रभावकारी रुपले कार्यान्वयनमा लैजाने उल्लेख गरे।

उनले नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने प्रतिबद्धता जनाए।

आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर बीआरआईमा एमओयू गरेको स्मरण गर्दै उनले अहिले तेस्रोपटक प्रधानमन्त्री भएको बेला त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी आएको बताए।

सी जिनपिङ राष्ट्रपति बनेपछि चीनले गरिबी निवारण र पूर्वाधार विकासमा अभूतपूर्व फड्को मारेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यो नेपालका लागि पनि सिक्ने अवसर भएको बताए। आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सँगै राखेर नेपाल, भारत र चीनबीच त्रिदेशीय मजबुत सम्बन्ध हुनुपर्छ भनेको स्मरण पनि उनले गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित