Khabar Samachar

इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख दिने

203
VIEWS

इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा दिवंगत भएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिएका छन् ।शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेका छन् । उनले आक्रमणको निन्दा गर्दै शव ल्याउन र घाइतेको उपचार एवम् उद्धारमा जोड दिन संघीय सरकारलाई आग्रह समेत गरेका छन् ।

यसअघि केन्द्र सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो । इजरायलले उडान अनुमति दिनेबित्तिकै उद्धारका लागि हवाई जहाज पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित