Skip to main content

Khabar Samachar

Search
Close this search box.

कोशी प्रदेशका मुख्यमन्त्रीले लिए शपथ,तीन सदस्यीय मन्त्रिपरिषद् गठन

206
VIEWS

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई विद्रोही काँग्रेस हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित