Khabar Samachar

कोशी प्रदेशका मुख्यमन्त्रीले लिए शपथ,तीन सदस्यीय मन्त्रिपरिषद् गठन

206
VIEWS

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई विद्रोही काँग्रेस हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित