Khabar Samachar

काठमाडौं गैरीगाउँको भ्याली पेट्रोल पम्प सिल

210
VIEWS

कम परिमाणको इन्धन बिक्री गरेको आरोपमा अनुगमन टोलीले काठमाडौं गैरीगाउँको भ्याली पेट्रोल पम्प सिल गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गर्दा कम परिमाणमा इन्धन दिएको पाएपछि सिल गरिएको टोलीका एक सदस्यले बताए ।‘निगमले तोकेको बराबरकै मूल्य तोकेर कम मात्रामा तेल दिने गरेको भेटियो’, उनले भने ।

अनुगमन क्रममा टोलीले ३ पटकसम्म तेल भर्न लगाएको थियो । दुई पटकसम्म एक लिटर तेल भर्न लगाउँदा परिमाण नपुगेको पाइएको थियो ।मंगलबार संयुक्त अनुगमन टोलीले काठमाडौंका ३ वटा पेट्रोल पम्प अनुगमन गरेको थियो । नयाँ बानेश्वरको थ्रीब्रदर्श पेट्रोल पम्प, ललितपुरको झासा पेट्रोल पम्प र गैरीगाउँको उक्त पम्पमा अनुगमन भएको थियो । जसमध्ये २ वटा पम्पमा भने कैफियत नदेखिएको अनुगमन टोलीले जनाएको छ ।

भ्याली बाबा सप्लायर्सलाई तत्काल इन्धन बिक्रीमा रोक लाग्ने गरी सिल गरिएको र थप कारबाहीका लागि अनुसन्धान जारी राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित