थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले आइतबारदेखि नेपालमा पुनः उडान सुरू गरेको छ ।
थाइ एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण २५ मार्च २०२० देखि काठमाडौंका लागि उडान बन्द गरेको थियो ।सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ ।
अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न शहरहरुमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई थप सहज हुने थाइ एयरवेजले जनाएको छ ।
Discussion about this post