Khabar Samachar

भाटभटेनीका सञ्चालक गुरुङद्वारा भूकम्पपीडितलाई १ करोड ११ लाख सहयोग

206
VIEWS

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपौयाँ रकम सहयोग गरेका छन्।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितहरूलाई व्यवसायी गुरुङले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’का लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

भूकम्पपीडितको उद्धार लागि यतिबेला विभिन्न संघसंस्था, स्थानीय निकाय, व्यक्ति/समूहले उद्धार काेषमा रकम जम्मा गरिरहेका छन्।

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्ति तथा संघसंस्थालाई दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गरेकाे थियाे। सहयाेग गर्नका लागि लागि सरकारले नौवटा बैंकका खाता नम्बरसमेत उपलब्ध गराएको छ।

६.४ रेक्टरकाे शक्तिशाली भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित