Khabar Samachar

आज धनतेरस सुनचाँदी र नयाँ भाँडाकुँडा किन्न ग्राहकको भीड

203
VIEWS

आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदैछ ।  तिहार सुरु हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ ।

यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धार्मिक विश्वास छ ।

धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत रहेको छ ।   भाण्ड त्रयोदशी समेत भनिने आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित