Khabar Samachar

विश्वकप छनोट फुटबल : यूएईसँग फराकिलो अन्तरले हार्‍यो नेपाल

204
VIEWS

सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार नेपाली टोली आफ्नो पहिलो खेलमा पराजित भएको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले घरेलु मैदानमा नेपाललाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो । नेपाली टोली खेलको पहिलो हाफमै ४-० गोलले पछाडि परेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै घरेलु टोली यूएईले गोल गरेको थियो । यूएईका लागि खलिफा अल हमादीले गोल गरेका थिए । यूएईले खेलको पहिलो हाफमै दोस्रो गोल पनि गरेको थियो । यूएईका लागि दोस्रो गोल निर्धारित समयको ३७औँ मिनेटमा अली मबखोउतले पेनाल्टीमार्फत गरेका थिए । यूएईका लागि तेस्रो गोल पनि निर्धारित समयको ४४औँ मिनेटमा अली मबखोउतले नै गरेका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यूएईका लागि फाबियो लिमाले चौथो गोल थपेका थिए ।खेलको दोस्रो हाफमा भने नेपालले तुलनात्मक रूपमा केही सुधारिएको प्रदर्शन गरेको थियो । त्यसैले पहिलो हाफमा निरीह देखिएको नेपाली टोलीले दोस्रो हाफमा थप गोल खाएन । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट प्रतियोगिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित