Skip to main content

Khabar Samachar

Search
Close this search box.

निर्वाचनलाई मध्यनगर गर्दै निगमले बढायो एलपी ग्यासको आयात

209
VIEWS

नेपाल आयाल निगमले एलपी ग्यास आयात उल्लेख्य रुपमा वृद्धि गरेको छ ।

निगमले निर्वाचनलाई मध्यनजर गरेर थप ग्यास आयात गरिरहेको जनाएको छ ।

यो वर्षको सबैभन्दा बढी ग्यास मंगलबार हिजो लोड भएको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार भारतीय आयल निगमबाट यसवर्षकै सबैभन्दा बढी ग्यास नेपाल तर्फ लोड भएको हो । निगमका अनुसार हिजो मात्रै बरौनी डिपोबाट ३६ बुलेट, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट गरी कुल १३८ बुलेट ग्यास लोड भएको छ ।

उक्त परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर रहेको निगमले जनाएको छ ।

निर्वाचन अवधिमा पनि यसरी नै ग्यास नियमित आपूर्ति हुने उनले जानकारी दिए । केही समय अघि ग्यासको अभाव भएको भन्दै उपभोक्ताहरु लाम लागेर ग्यास लिने गरेका थिए । अहिले भने ग्यासको अभाव नरहेको र ग्यास सजिलै पाइरहेको निगमका कार्यकारी निर्देशक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित