Khabar Samachar

जबरजस्ती चन्दा असुल गरेको आरोपमा दुई जना पक्राउ

205
VIEWS

कञ्चनपुरमा चन्दा असुल गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ का चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका–१ का नरेश साउद रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाका अनुसार उनीहरुलाई बेदकोट नगरपालिका–१० लालपुरबाट नियन्त्रणमा लिइएको हो। उनीहरुले पार्टीको आडमा सर्वसाधारण तथा व्यापारीहरुलाई डरत्रास देखाएर रकम असुल गर्ने गरेको प्रहरीको दाबी छ।

बेदकोट नगरपालिका–७ सुडाका एक व्यापारीबाट उनीहरुले पाँच लाख रुपैयाँ माग गरेका थिए। एक महिनाअघिदेखि लगातार उनीहरुले फोन, म्यासेज गरेर रकम माग गरिरहेका थिए।
पैसा नदिए ज्यान मार्ने धम्की दिन थालेपछि ती व्यापारीले प्रहरीलाई खबर गरेका थिए। धम्काएर रकम असुलीको गुनासोपछि उनीहरुको खोजीमा जुटेको प्रहरीले लालपुरबाट समातेको हो।

‘धम्काएर रकम असुलीको प्रयास विफल भएको छ, सर्वसाधारणको गुनासो आएपछि हामीले नियन्त्रणमा लिएका छौँ,’ एसपी थापाले भने, ‘यसअघि रकम असुलेको अहिलेसम्म खुलेको छैन।’

धम्काएर रकम असुली गरेको वा त्यस्तो माग भएकाहरुलाई प्रहरीले सम्पर्क आउन आग्रह गरेको छ। प्रहरीले उनीहरुको साथबाट एक थान खुकुरी, दुई थान चक्कु, तीन थान मोबाइल, छ थान सीम कार्ड, विभिन्न सर्वसाधारण र व्यापारीका फोन नम्बर उल्लेख गरेको रिपोर्ट बरामद गरेको छ।

फरक फरक सीमको प्रयोग गरेर व्यापारीहरुलाई धम्काएर रकम माग गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ छानीका चन्द्रदेव जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क पछाडी कोठा लिएर बस्दै आएका थिए। उनले महेन्द्रनगरमा होटल चलाएका छन्।

दार्चुला घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने नरेश साउदले जोशीलाई रकम असुलीमा सघाउने गरेको खुलेको छ। उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित