Khabar Samachar

गहुँ बालीको न्यूनतम सर्मथन मूल्य ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल

208
VIEWS

सरकारले गहुँ बालीको न्यूनतम सर्मथन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा करिब ३ सय रुपैयाँ बढाएर सरकारले ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल गहुँ बालीको न्यूनतम सर्मथन मूल्य तोकेको हो ।

गत वर्ष ३ हजार ३ सय ५० रुपैयाँदेखि ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । यो वर्ष गहुँको प्रतिक्विटल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रतिक्विटल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विटल ढुवानी लागत ७६ रुपैयाँ ८८ पैसा गरी ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल मूल्य निर्धारण गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित