Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेलाई कारबाही गर्न नेविसंघको सहकारी विभागमा ज्ञापनपत्र

202
VIEWS

नेपाल विद्यार्थी संघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्न माग गरेको छ।

नेविसंघले बिहीबार सहकारी विभागमा ज्ञापनपत्र बुझाउँदै लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेको हो। लामिछानेले विभिन्न सहकारीबाट करोडौँ रुपैयाँ ठगी गरेको नेविसंघको आरोप छ।

लामिछानेले ‘सुप्रिम सहकारीका बचतकर्ताको १ करोड, पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको’ समाचार सार्वजनिक भएको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न नेविसंघको माग छ।

नेविसंघले रास्वपाका सांसदसमेत रहेका लामिछानेको राजीनामासमेत मागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित