Khabar Samachar

Search
Close this search box.

नक्कली प्रमाणपत्र देखाएर डाक्टर बनेको आरोपमा एकजना पक्राउ

226
VIEWS

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर चिकित्सक बनेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। डा एस.भट्ट आचार्य भन्ने सम्बुद्व भट्टाचार्यलाई प्रहरीले पक्राउ गरेको हो।

आफूले चीनबाट एमबीबीएस गरी टिचिङ अस्पतालमा काम गर्ने बताएर विभिन्न व्यक्तिहरुको एनएमसी नम्बर प्रयोग गरी नेपाल चिकित्सक संघ र त्रिवि शिक्षण अस्पतालको एनएमसी कार्ड डुप्लिकेट बनाइ पोलिक्लिनिकहरूलाई बिरामीको ईलाज गरेको प्रहरीको आरोप छ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले उनको निगरानी राखी खोजतलास गर्ने क्रममा माघ ७ गते साँझ बसुन्धारास्थित धौलागिरी हिमाल पोलिक्लिनिक प्रालिबाट पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित