Khabar Samachar

भुवन नगरकोटीलाई सुर्य नेपाल च्यालेन्जको उपाधि

222
VIEWS
नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी जयराम श्रेष्ठलाई चार स्ट्रोकले हराउँदै सुर्य नेपाल च्यालेन्जको उपाधि जित्न सफल भएका छन्। प्रतियोगिताको अन्तिम दिन २-अन्डर ६६ को स्कोरमा १३-अन्डर २ सय ५९ का साथ सिजनको दोस्रो उपाधि जित्न सफल भएका हुन्।
अन्तिम १८ होलको शुरुवातमा भुवनसँग मात्र एक स्ट्रोकको अग्रता थियो। उनलाई चुनौती दिएका भुवन कुमार रोक्काले खराब प्रदर्शन गर्दा सञ्जयले पनि चुनौती दिन सकेनन्। भुवन नगरकोटीले भने सानदार सुरुवात गरे। उनी पहिलो चार होलमा लगातार बर्डी प्रहार गर्दै समग्रमा १५-अन्डरको स्थितिमा थिए। जसले उनको उपाधि होडलाई सजिलो बनाएको थियो। यसपछि सातौ होलमा बोगी र आठौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए‌। यसपछि १४औं र १५औं होलमा एक-एक सट खेर फाले र २-ओभर ३६ मा ब्याक नाइन सकाए। यसरी १३-अन्डरको सानदार नतिजामा च्याम्पियन बने। उनले पहिलो दिन ३-अन्डर, दोस्रो दिन २-अन्डर र तेस्रो दिन ६-अन्डर खेलेका थिए। जारी सिजनको दोस्रो र करियरको दशौं उपाधि जितेका भुवनले एक लाख नगद पुरस्कार प्राप्त गरे।
अन्तिम दिन ६-अन्डर ६२को उत्कृष्ट स्कोर कार्डमा‌ समग्रमा ९-अन्डर २ सय ६३ सहित दोस्रो स्थान प्राप्त गर्न सफल भए। उनले सात बर्डी प्रहार गर्दा पाँचौ होलमा एक सट खेर फाले। २-ओभर ७० सहित समग्रमा ६-अन्डर २ सय ६६ स्कोरका साथ सञ्जय लामा तेस्रो भए।
एमेच्योरतर्फ सुवाष तामाङले उपाधि हात पारे। उनले अन्तिम दिन १-ओभर ६९ सहित समग्रमा ५-अन्डर २ सय ६७ सहित उपाधि जित्न सफल भएका हुन्। समग्रमा उनी चौंथो भए।
प्रोफेसनल गल्फर्स एसोसिएशन नेपाल द्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा ३८ प्रोफेसनल र २२ एमेच्योर गरी ६० खेलाडीको ‌सहभागिता रहेको थियो। सुर्य नेपाल प्रालिका ब्राण्ड मेनेजर रजत थापा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले विजयी खेलाडीलाई पुरस्कृत गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित