Khabar Samachar

Search
Close this search box.

रुपन्देही कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालद्वारा राजीनामा

204
VIEWS

काठमाडौं- नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीको सबै जिम्मेबारीबाट राजीनामा दिएका छन्।

स्थानीय तह निर्वाचनको विषयमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरि शुक्रबार राजीनामा दिएका हुन्।

लम्साल बुटवल उपमहानगरपालिकाको मेयरका आकाक्षी थिए। उनी दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति समेत रहेका थिए।

लम्सालले नगरमा सिफारिस गर्दा षडयन्त्रपूर्वक काम गरेको आरोप लगाएका छन्। उनले २०४८ सालदेखि कांग्रेसमा सक्रिय रहेको भए पनि आफू अन्यायमा परेको महशुस भएकाले पार्टी छोड्न निर्णय गरेको राजीनामा उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित