Skip to main content

Khabar Samachar

Search
Close this search box.

भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक

222
VIEWS

नेपालले भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका चार प्रकारका मसला आयातमा रोक लगाएको छ।

हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएको खबर बाहिरिएपछि नेपालमा समेत रोक लगाइएको हो। ‘एथलिन अक्साइड’ ले मानिसमा क्यान्सर गराउन सक्ने मानिन्छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एमडिएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्री-वितरणमा रोक लगाउने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित