Khabar Samachar

मोदीले लिए तेस्रो कार्यकालको शपथ

204
VIEWS

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ ग्रहण गरेका छन‍्।

आइतबार राष्ट्रपति भवनमा एक समारोहबीच राष्ट्रपति द्रौपडी मुर्मूसामु मोदीले प्रधानमन्त्रीको शपथ लिएका हुन्।

शुक्रबार राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका नेताहरूले दलको नेताका रूपमा मोदीलाई नियुक्त गरेको जानकारी गराएपछि मोदी प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

मोदीको शपथ ग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित