Khabar Samachar

विदेशी नागरिकता लिएका विशिष्ट श्रेणीका कर्मचारीलाई कारबाही गर्न माग

201
VIEWS

सांसद रघुजी पन्तले नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिन रहर गर्ने विशिष्ट श्रेणीका कर्मचारीलाई कारबाही गरिनुपर्ने बताएका छन्।

यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाउन  खोजे पनि प्रधानमन्त्री कार्यालयमा पत्र अड्किएको उनको भनाइ छ।

अख्तियारले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको तर प्रधानमन्त्री कार्यालयबाट अगाडि नबढेको भन्दै उनले प्रश्न उठाएका हुन् ।

‘…कोको हुन् ? केही विशिष्ठ श्रेणीका कर्मचारी पनि त्यसमा छन रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्‍यो । छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्,’ सांसद पन्तले भने ।

पिआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर अख्तियारले लेखेको चिठी प्रधानमन्त्री कार्यालयमा रोकिएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित