Khabar Samachar

Search
Close this search box.

फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

206
VIEWS

नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत जेठ २८ गते ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएको भन्दै माओवादीले सांसद देवकोटामाथि शुक्रबार कारबाही गरेको हो।

देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ।

‘हामीले उहाँलाई कारबाही गरेका छौं, सभामुखले आजै त्यसको जानकारी प्रदेश सभा बैठकमा गराउनुपर्ने हो,’ माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले सेतोपाटीसँग भने।

नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचन जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित