नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफल जुटेका छन्।
हिजोको भेटमा ओलीलाई आफूले प्रधानमन्त्री बन्ने भए यही गठबन्धनबाट बन्नुस् भन्दा नमानेको पार्टीका नेताहरुसँग ब्रिफिङ गरेका हुन्।
प्रचण्डको भनाइ उदृत गर्दै सचिव दिनानाथ शर्माले भने, ‘ओलीजीलाई यही गठबन्धनबाट अध्यक्षले प्रधानमन्त्री आफैं हुनुस् भन्नुभएको थियो। हाम्रै समर्थनमा बन्नुस् भन्दा म कांग्रेससँग मिलेर जान्छु भन्नुभयो।’हिजो बेलुकासम्म ओलीले प्रधानमन्त्रीलाई गठबन्धन टुट्दैन भन्नेमा विश्वास दिलाएर फर्केको उनले सुनाए।
Discussion about this post