पेरिस ओलम्पिकको महिला कुस्तीमा फाइनल पुगेर इतिहास बनाएकी भारतीय खेलाडी भिनेस फोगटले आफूभन्दा कम तौलमा प्रतिस्पर्धा गरेको पुष्टि भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले फोगटले फाइनलमा प्रतिस्पर्धा गर्न नपाउने र उनलाई कुनै पनि पदक नदिने जनाएको छ । फोगटले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । हरियानाकी २९ वर्षीया फोगट अधिकतम मापदण्डभन्दा १०० ग्राम बढी भएको पाइएको छ ।
फोगटले ओलम्पिक कुस्तीमा फाइनल पुग्ने पहिलो भारतीय महिला खेलाडीका रुपमा कीर्तिमान बनाएकी थिइन् ।
Discussion about this post