Khabar Samachar

Search
Close this search box.

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना लाई बेलायतले शरण नदिने

224
VIEWS

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतबाट लन्डन जाने अफवाह चलिरहेको समयमा बेलायतले हसिनालाई झट्का दिएको छ । बेलायत हसिनालाई शरण दिन नसकिने जनाएको हो ।

बेलायत आएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले बताएको छ । सोमबार सरकार विरोधी उग्र प्रदर्शनबिच राजीनामा दिएपछि हसिना अहिले दिल्लीमा छिन् ।

शरण माग्न चाहनेले उ सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले भनेको छ ।

‘आवश्यकता परेकालाई शरण दिएको बेलायतको  रेकर्ड छ । तर, शरण खोज्दै आउने वा अस्थायी रूपमा शरणार्थी बन्नकै लागि आउनेलाई यात्राको अनुमति दिने कुनै प्रावधान छैन,’ गृह मन्त्रालयको प्रवक्ताले भनेका छन् । अन्तर्राष्ट्रिय सुरक्षा चाहिने व्यक्तिले आफू पुगेको पहिलो सुरक्षित देशमै शरण माग्नु पर्ने प्रवक्ताको भनाइ छ ।

औपचारिक शरणको अनुरोधमा प्रक्रिया अगाडि बढिरहेको हल्ला पनि सुन्नमा आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित