काठमाडौँ — पेरिस ओलम्पिकमा कुस्तीमा ५० किलो तौल समूहको फाइनलअघि अयोग्य करार भएपछि भारतीय कुस्तीबाज विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले कुस्तीलाई ‘अलबिदा’ भनेकी छिन् ।
उनले आफ्नो हिम्मत टुटिसकेको भन्दै कुस्तीलाई अलबिदा भनेकी हुन् । सामाजिक सन्जाल एक्समा उनले लेखेकी छन्, ‘आमा कुस्तीले मलाई जित्यो, म हारें । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत अब छैन ।’
उनले थप लेखेकी छन्, ‘अलबिदा कुस्ती २००१-२०२४ । म तपाईंहरु सबैको सदैव ऋणी रहनेछु ।’
कुस्तीको ५० केजी तौलको प्रतिस्पर्धामा बढी तौल भएपछि उनी फाइनल खेल्नबाट वञ्चित भएकी थिइन् ।
Discussion about this post