Khabar Samachar

भिजुअल फ्लाइट रुट नमान्दा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना – नेपाल नागरिक उड्डयन प्राधिकरण

205
VIEWS

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन्।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको समितिमा महानिर्देशक अधिकारीले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उलंघन गर्दा दुर्घटना भएको प्रारम्भिक रूपमा देखिएको बताए ।

उनले भने, ‘टावरबाट सम्पर्कविच्छेद हुने बित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजी गर्‍यौं। जबसम्म हामी क्र्यास साइट आइडेन्टीफाई गर्‍यौं, तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो। तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउने बित्तिकै हेलिकप्टर खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो र नेपाल सरकारले यो दुर्घटना छानबिन आयोग गठन गरिसकेको अवस्थामा यसको रूटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्नँ।’

उनले अगाडि भने, ‘आज बिहान हामीले माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साइट पनि हेर्‍यौं। यसको रूटकज चाहिँ सरसर्ती हेर्दाखेरी यद्यपि यो छानबिन आयोगले नै बताउला। ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ। यो चाहिँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजिओल फ्लाइट रुट अनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानूनले वर्जित गरेको विषय हो। यो रूटकज भनेको चाहिँ भिएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा। यसको डिटेल इन्भेष्टिगेसन त सरकारले गठन गरेको आयोगले नै बताउला।’

उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने बताएका छन्। सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित