Khabar Samachar

Search
Close this search box.

हत्या आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाएको भन्दै बिरोध

203
VIEWS

बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।

बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको हो।

शुक्रबार अभियान्ता रूबी खानसहित  मानव अधिकारकर्मी र पीडितका आफन्तहरू काठमाडौंको कलंकीदेखि खालीखुट्टा हिँडेर माइतीघर आएका छन्।

उनीहरूले “निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने” लगायतका मागहरू राखेका छन् ।

कलङ्कीदेखि हिंड्दै आएको निर्मला कुर्मीको न्यायको लागि सङ्घर्षरत समूहले मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौ चरणको आन्दोलन सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित