Khabar Samachar

शेखरलाई जवाफ दिदै देउवाले भने – महाधिवेशन नियमित समयमा नै हुन्छ ।

204
VIEWS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका थिए । कोइरालाले १५ औं महाधिवेशन नियमित समयमै हुनुपर्ने जिकिर गरेका थिए ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले कुनै बहानामा आगामी महाधिवेशन रोक्न खोजे दुर्घटनातर्फ जाने बताएका थिए।

देउवाले विगतको आठ वर्षमा गरेको पार्टी नेतृत्वको कुनै समीक्षा नगर्ने बताउँदै उनले अहिलेकै केन्द्रीय समिति बैठकले महाविधेशन मिति सुनिश्चित गर्नुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित