Khabar Samachar

अमेरिकी शक्तीको प्रभाबमा पारेर मलाई सत्ताच्यूत गरियो – प्रचन्ड

202
VIEWS

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको कुरा बाताएका छन । पार्टिको जारी स्थायी कमिटी बैठकमा शनिवार बोल्दै अध्यक्ष प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेखर हसिना र आफूलाई एकै ढंगले हटाइएको बताएका हुन् । प्रचण्डले एसपीपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेस राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी बैठकमा पेश गरेका थिए । प्रचण्डले तीनपल्ट समुद्रपारिको शक्ति भनेर नाम लिए पनि ‘संयुक्त राज्य अमेरिका’ भनेर किटेनन्, जबकि अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आफूले हस्ताक्षर गर्न नमानेकाले प्रतिकुलता सिर्जना भएको प्रष्ट भनिदिए ।
दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले अबका कदम होसियारीपूर्वक चाल्नुपर्ने बताएको स्थायी कमिटी सदस्यले बताए । अब सबैखाले षड्यन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि माओवादीले वामपन्थी र देशभक्त शक्तिहरूसँग सहकार्य र पार्टी एकतासमेत गर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित