Khabar Samachar

Search
Close this search box.

धरानमा खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटे मेयर हर्क साम्पाङ

200
VIEWS

खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ ।

आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।

मेयर साम्पाङ दलहरूसामु झुक्नु पर्नाको कारण खानेपानीको शुल्कवृद्धि नौ सय प्रतिशत वृद्धि गरिनु हो। मेयर यो निर्णयबाट पछि हटेका छन्।

धरान खानेपानी बोर्डको अध्यक्षको हैसियतमा एकल निर्णय गर्दै शुल्क र महसुलमा ९ सय प्रतिशतभन्दा बढी दरमा वृद्धि गरेका मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हटेका छन्।

आइतबार साँझ दलहरुसँगको छलफलमा सहमति गर्दै मेयर साम्पाङले शुल्क र महसुल वृद्धिको निर्णय फिर्ता लिएका हुन्।

‘धरानमा दलहरुले थोपरेको एसियाली विकास बैंकको ऋण तिरिदिऊन् म तुरुन्तै महसुल वृद्धिको निर्णय फिर्ता लिन्छु,’ आफ्नो निर्णयबारे साम्पाङले बारम्बार यसो भन्दै आएका थिए।

यद्यपि मेयरको एकल निर्णयका आधारमा शुल्क बढाएको विरोधमा धरानका १० राजनीतिक दल आन्दोलनमा उत्रिएको एक साताभित्रै मेयर साम्पाङ गलेका हुन्।

नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलका अनुसार मेयर र दलहरूबीच भएको सहमतिमा खानेपानी महसुलको पुरानो दर यथावत राखेर पुर्नविचार गर्ने निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित