राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ । रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो ।
प्रमुख सचेतक सन्तोष परियार भन्छन्, ‘भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा भएको छ, यो कदाचित स्वीकार्य छैन ।’
सिंहदरबारस्थित संसदीय दल कार्यालयमा मंगलबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा केही दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने बताए।
भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी दलहरूले गम्भीर त्रुटि गरिरहेको उनले बताए।
पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने उनले बताए। बैठकमा रास्वपाले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा मंगलबार नै दर्ता गर्नेगरी छलफल भइरहेको पनि बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ। त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ। जलन सम्बन्धी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः आज नै दर्ता गर्नेछौँ,’ उनले भने।
Discussion about this post