Khabar Samachar

Search
Close this search box.

सेयर बजारमा झण्डै ३० अर्बको कारोबार

213
VIEWS

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।

योसँगै परिसूचक ऐतिहासिक विन्दुनजिक पुगेको छ। यसअघि ०७८ साउन १० मा ३००० टेकेको नेप्सेले सोही वर्ष भदौ ३ मा ३२२६ विन्दुमा पुगेर कीर्तिमान बनाएको थियो। त्यसयता सूचक उकालो चढ्न सकेको छैन।

तर यसपटक कारोबारमा उत्साह फर्किँदा सूचकले पनि नयाँ ऐतिहासिक विन्दु छुनसक्ने देखिएको छ। कारोबार रकमले भने पटक पटक कीर्तिमान बनाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित