पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव पक्राउ परेका छन्।
पर्साको वीरगन्ज महानगरपालिका-१४, श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका-१७, घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नकर्मी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसचिव हुन्।
प्रहरीका अनुसार, नकर्मी बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका थिए।
Discussion about this post