Khabar Samachar

परराष्ट्रमन्त्री आरजु र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

210
VIEWS

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ।  भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो ।

द्विपक्षीय वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । तर, समय भने तय भएको छैन ।विदेशमन्त्री जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो।

भेटवार्तामा द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष र पाटाबारे कुराकानी भएको परराष्ट्र मन्त्री राणाको भनाइ छ।

‘भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल-भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु,’ परराष्ट्र मन्त्री राणाले भनेकी छन्।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज समेत आयोजना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित