Khabar Samachar

Search
Close this search box.

नागढुंगानजिक ठूलो पहिरो खस्दा त्रिभुवन राजपथ बन्द

201
VIEWS

काठमाडौँ प्रवेशको मुख्य नाका नागढुंगा नजिक चिसापानी भन्ने ठाउँमा पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ। नागढुंगा नजिकै  पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो ।

आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो खस्न केहि मात्रमा कम भएपछि पहिरो पन्छाउने काम सुरू गरिएको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुंगा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला भएर बैकल्पिक मार्ग प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।

ठूलो पहिरो खसेकाले पहिरो पन्छाएर सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित