Skip to main content

Khabar Samachar

Search
Close this search box.

साफ यू–२० को फाइनलमा नेपाल र बंगलादेश

213
VIEWS

साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । फाइनलमा बुधबार बंगलादेशलाई हराउँदै लामो समयदेखिको उपाधि खडेरी तोड्न चाहन्छ।

दक्षिण एशियाली फुटबलमा विभिन्न उमेरसमूहका पछिल्ला पाँच प्रतियोगितामा नेपाल दुई पटकको च्याम्पियन टोली हो।

नेपालले सन् २०१५ मा भएको पहिलो उमेरसमूहको प्रतियोगिता (यु–१९) र सन् २०१७ को यु–१८ साफको उपाधि जितेको थियो। तीबाहेक अन्य तीन प्रतियोगितामा भने नेपाल फाइनलमा नै पुग्न असफल रह्यो।

नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

दुवैले पेनाल्टीसुटआउटमा खेल जितेका थिए । फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित