ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।
अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी ६४ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–८ की पुनमाया तामाङ शनिबार अस्पतालको तेस्रो तलाबाट हामफालेकी थिइन्।
उनी क्यान्सर अस्पतालमा थाइराइडको उपचार गराइरहेकी थिइन्। शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलबाट भुइँमा हाम फाल्दा गम्भीर घाइते भएकी थिइन्।






























Discussion about this post