मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा दुई नाबालिग मृत भेटिएका छन् । उनीहरूकी आमा पनि बेपत्ता छिन् । घरमा श्रीमानसँग सामान्य झगडापछि २९ वर्षीया अस्मिता न्यौपाने छोरी लिएर हिँडेको बताइएको छ । धनकुटा घर भएका अर्जुन कार्कीको परिवार सुन्दरहरैँमा बस्दै आएको थियो ।
डिएसपी बस्नेतका अनुसार शुक्रबार श्रीमानसँग विवाद भएपछि श्रीमती अस्मिता घरबाट निस्किएकी थिइन्। उनले आफ्ना दुई छोरीलाई पनि सँगै लिएर हिँडेकी थिइन्।
घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इन्स्पेक्टर दाहालका अनुसार बालिकाहरूको शव नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा फेला परेको छ ।
छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्मिताले मोबाइल पनि केरा घारीमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहानैबाट न्यौपानेको खोजी कार्य भइरहेको छ । स्थानीय र प्रहरीले सुन्दरहरैँचा आसपासको जंगलमा खोजी जारी राखेका छन् ।
Discussion about this post