Skip to main content

Khabar Samachar

Search
Close this search box.

पहिरोमा पुरिएका वडा सदस्य र उनका श्रीमानको मृत्यु

202
VIEWS

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव फेला परेको छ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले पहिरोले पुरिँएका दम्पतीको शव आइतबार बिहान साढे १० बजे पहिरोबाट निकालिएको जानकारि दिए।

बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी र उनका पतिको मृत्यु भएको बताए।

यस्तै, पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित