Khabar Samachar

इटहरीमा आजदेखि सुरू भयो बिजुली बस सेवा

203
VIEWS

नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो ।

उपमहानगर क्षेत्रभरी सुलभ दरमा सर्वसाधारणलाई सार्वजनिक यातायात सेवा प्रदान गर्न सेवा सुरू गरेको उपमहानगरले जानकारी दिएको छ। ४ वटा बसले नगर क्षेत्रभरी बुधबार र बिहीबार निःशुल्क सेवा दिनेछन् भने शुक्रबारदेखि २० रूपैयाँ सेवा शुल्क लाग्ने मेयर हेमकर्ण पौडेलले जानकारी दिए।

मेयर हेमकर्ण  पौडेलले बुधबार बिहान  नगर बसमा चढेर बिभिन्न वडाहरू घुमेका छन्। ‘विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, हुनेछ’, उनले भने।

‘तीस वर्षभन्दा अघिदेखि यहाँ नगरबस चलाउने योजना बन्दै थन्किँदै आएको थियो’, मेयर पौडेलले भने, ‘त्यो सपना आज पूरा भएको छ।’

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित