Khabar Samachar

सेती नदीमा ट्याक्टर खस्यो

202
VIEWS

बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका हुन्। बेपत्ता अर्काको पहिचान खुलेको छैन।ट्याक्टरमा चालकसहित ५ जना सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्। घाइते उनीहरूको झोतामा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित