Khabar Samachar

‘मिस्टर काठमाडौं’प्रकाश राईको हृदयघातका कारण मृत्यु

211
VIEWS

केही दिन अगाडि पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ।

शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई विजेता भएका थिए।

उनको बुधबार बिहान निधन भएको प्रहरीले जनाएको छ।

‘टीम म्यानेजरले पानी खाउँ दाइ ? भन्दा खाउँ भनेपछि पानी तताउन लाग्दा प्रकाश कोल्टे परेको देखेर सीपीआर दिएका रहेछन् । तत्कालै अस्पताल पुर्‍याइएको छ’, मिस्टर काठमाडौं आयोजक काठमाडौं जिल्ला बडि बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए ।

मोरङ पथरी शनिश्चरे नगरपालिका-१ स्थित घर भएका उनी ‘फोनिक्स फिटशाला’ बाट सहभागी हुन काठमाडौं आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित