सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयललाई निर्देशन दिएको छ।
गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम पौडेलका अनुसार गृहसँग सम्बन्धित विषयहरूमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको हो।
यससँगै नेपाल प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत अनुसन्धानको दायरामा तानिने भएका हुन्। समितिले उनलाई गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकम खर्च गर्नेमा संलग्न भएको भन्दै कारबाही सिफारिस गरेको थियो।
Discussion about this post