Khabar Samachar

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री भए कारबाही गर्छौँ – काठमाडौँ महानगर

201
VIEWS

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले आव एक सूचना जारी गर्दै   मूल्य सूची बनाएर पसलको अग्र भागमा सबैले देख्ने गरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका बस्तु विक्री वितरण नगर्न भनेको छ ।

त्यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरले आग्रह गरेको छ । अनुगमनका क्रममा आग्रह विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित