Khabar Samachar

Search
Close this search box.

धादिङको झ्याप्ले खोलामा माइक्रो बस (हायस) पनि पुरिएको अवस्थामा फेला

203
VIEWS

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को माइक्रो बस (हायस) पनि पुरिएको फेला परेको छ। पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको जानकारी दिए ।
यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो । यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरुको संख्या २५ पुगेको सशस्त्र प्रहरीले जनाएको छ । पहिरोमा बस र माइक्रोबसहरु पुरिएको बताइएको छ भने अझै पनि उद्दार कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित