इजरायली रक्षा बल (आईडीएफ) ले हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएको दाबी गरेको छ।
आईडीएफले सोसल मिडिया वेबसाइट एक्समा लेखेको छ, ‘हसन नसरल्लाहले अब संसारलाई आतंकित गर्न सक्ने छैनन्।’
इजरायलको विदेश मन्त्रालयले पनि हसन नसरल्लाहको मृत्यु भएको जनाएको छ।
इजरायली विदेश मन्त्रालयले एक्समा लेखेको छ, ‘इजरायलको रक्षा बलले हिजो हिजबुल्लाह नेता हसन नसरल्लाह र हिजबुल्लाहका संस्थापक सदस्यको हत्या भएको पुष्टि गरेको छ। हिजबुल्लाहका दक्षिणी मोर्चाका कमान्डर अली कर्की र अन्य कमान्डर पनि मारिएका छन्। अब नसरल्लाहले संसारलाई आतंकित गर्न सक्ने छैनन्।’
हसन नसरल्लाह शिया धार्मिक नेता हुन्, जसले लेबनानमा हिजबुल्लाह समूहको नेतृत्व गर्थे।
Discussion about this post