काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित तीन वटा स्थानीय तहलाई २०/२० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेपलान्चोकका तीन वटा पालिकाहरूको कोषमा उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरूमा पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिका छन् ।
पालिकाहरुबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोग सिफारिस गरिएको महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।
































Discussion about this post