Khabar Samachar

Search
Close this search box.

दुई महिनामा सात अर्ब ५५ करोड रूपैयाँको विद्युत निर्यात

230
VIEWS

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको हो ।

प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ। भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रूपैयाँको विद्युत निर्यात गरेको थियो।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो। भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत निर्यात गरिएको हो। दुई महिनाको विद्युत निर्यातको औसत दर प्रतियुनिट सात रूपैयाँ ३३ पैसा रहेको छ। साउनको प्रति युनिट औसत दर ८ रूपैयाँ ११ पैसा थियो भने भदौमा ६ रूपैयाँ ६२ पैसा छ।

भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ। सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।

भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ (भारू) मा हुने गरेको छ। त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित