Skip to main content

Khabar Samachar

Search
Close this search box.

हतियार बिसाउन लगाउन जानेका छौँ – प्रधानमन्त्री ओली

202
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिएका छन् ।

शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) ले खबरदारी सभा गरेको थियो। उक्त सभालाई सम्बोधन गर्दा नेताहरूले हतियार बिसाए पनि विवेक नबिसाएको बताएका थिए।

प्रधानमन्त्री ओलीले माओवादीका नेताहरूका अभिव्यक्तिलाई लक्ष्य गर्दै आइतबार जबाफ फर्काएका छन्।

युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रको नाम नलिई हतियार कसरी बिसाउने आफूहरूले जानेको बताएका हुन्।‘हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै थिए, हिजो मात्रै देखेको थिएँ– हतियार बिसाएको मात्रै हो, चलाउन बिर्सिएको छैन। त्यस्तैत्यस्तै त हामी हुनुभएन नि, धम्क्याएका भरमा खाने,’ प्रधानमन्त्री ओलीले भने, ‘म त त्यसलाई फेरि.. हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ पनि नभनौं। हामी चलाउन त चलाउँदैनौं। हामी बिसाउन लगाउन जानेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित